चीनलाई अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्न सक्ने खतरा

एजेन्सी–चिनियाँ भारत्तोलक डोपिङ टेस्टमा फेल भएपछि चीनलाई यस खेलमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ । अन्तर्रा्ष्टि्रय ओलम्पिक कमिटी (आइओसी) ले सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका तीन चिनियाँ भारत्तोलकले शक्तिबर्धक औषधी खाएको पुष्टी गरेपछि चीनलाई प्रतिबन्ध लाग्न सक्ने खतरा बढेको ।

डोपिङमा काण्ठमा तानिएका तीन चिनियाँ भारत्तोलक प्रतिबन्ध लागेका आठ खेलाडीमध्येमा पर्छन् । अन्तर्राष्ट्रिय भारत्तोलन महासंघ (आइडब्लुएफ) ले गत वर्षदेखि एउटै देशबाट तीनभन्दा बढि खेलाडीमा डोपिङ सकारात्मक पाइएको खण्डमा त्यो देशलाई एक वर्ष प्रतिबन्ध लगाउने नियम लागू गरेको थियो ।

तपाईको प्रतिक्रिया