काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू घेराबन्दीमा परेको गुनासो गर्नुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले स्वार्थ केन्द्रीत घेराबन्दीका कारण आफुले सोंचेजस्तो काम गर्न नसकेको बताउनुभएको हो । दाहालले प्रधानमन्त्री निर्वाचित भएलगत्तै आफूले धेरै काम गर्ने सोंचेपनि काम गर्न नसकेको गुनासो गर्नुभएको हो ।
स्वार्थकेन्द्रीत घेराबन्दीको कारण आफ्नो कामबाट आफैं सन्तुष्ट हुन नसकेको प्रधानमन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्री दाहालले ऐन, संस्कृतिको अवरोधको कारण सरकारले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको हो ।