सत्ता सझादेर दल र मोर्चा संसोधन प्रस्ताव पारित गर्न सहमत

काठमाडौं–सत्ता साझेदार दल सहित मधेशी मोर्चामा आबद्ध दलहरू संविधान शंसोधनको प्रस्ताव परिमार्जन सहित पारित गर्न सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बालुवाटारमा बोलाउनु भएको बैठकमा सरकारमा संलग्न प्रमुख दलसहित मधेशी मोर्चाको बैठकमा व्यबस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भूमिका निर्वाह गर्ने सहमति भएको छ हो ।

बैठकमा प्रधानमन्त्रीले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावसहित निर्वाचनसम्वन्धी विधेयकहरु पारित गरेर स्थानीय तहको निर्वाचन सफल पार्न दलहरुलाई आग्रह गर्नुभएको बताइएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै माओवादी प्रवक्ता पम्फा भुषाले संविधान संशोधन विधेयक र निर्वाचन सम्वन्धी कानूनलाई आवश्यक परिमार्जन सहित पारित गर्न सकारात्मक भूमिका खेल्ने सहमति भएको जानकारी दिनुभयो ।

Published On:  368पटक हेरिएको

तपाईको प्रतिक्रिया