राष्ट्रिय पुनर्निर्माणका प्राधिकरणका सिईओ ज्ञवाली बर्खास्त, नयाँ सिईओमा डा. गोविन्द पोखरेल नियुक्त


काठमाडौं–सरकारले राष्ट्रिय पुनर्निर्माका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीलाई बर्खास्त गरी नयाँ सिईओमा डा गोविन्द पोखरेलाई नियुक्ति गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो । चित्तबुझ्दो काम नगरेको भन्दै यसअघि सरकारले सुशील ज्ञवालीसँग दुई पटक स्पष्टीकरण सोधेको थियो ।

ज्ञवालीले भने सरकारकै असहयोगका कारण काम गर्न नसकिएको भन्दै स्पष्टीकरण सकारलाई बुझाएका थिए ।  स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो । ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले नियक्त गरेको थियो ।

Published On:  997पटक हेरिएको

तपाईको प्रतिक्रिया