आगो लागेको साढे एक घण्टामा रित्तो दमकल घटनास्थलमा

  चिरञ्चिवी गौतम ।
कास्की–पोखरा लेकसाइडको बाराही चोकमा गएराति १० बजे ट्रीइस्टार रेष्टुरेन्टमा खाना पकाउने ग्यासको कारण आगालागी भयो । आगालागी हुने वित्तिकै रेष्टुरेन्टका कर्मचारीले दमकललाई खबर गरे । खबर गरेको साढे एक घण्टामा पछि पोखरामा उप–महानगरपालिकाको रित्तो दमकल घटनास्थल पुग्यो । खबर गरेको साढे एक घण्टापछि रित्तो दमकल घटनास्थल आइपुगको देख्दा रेष्टुरेन्टका कर्मचारी र स्थानीय पनि चकित परे । जबकि रातिको समयमा बढिमा १० मिनेटमा दमकल घटना स्थालमा पुग्न लाग्ने समय हो ।

के पनि सके दैलो पनि देखे भन्ने स्थितिमा पुगेको पोखरा उपमहानगरपालिकाको दमकलले आगोले अधिकांश क्ष्ाित पुर्‍याइसकेपछि ट्याङ्करबाट पानी राखेर बल्ल पानी हाल्यो । घटना भएको स्थान बाराही चोकमा नै प्रहरी विट रहेको छ । सुरक्षाको जिम्मेवार लिएर बसेको निकाय प्रहरीले समेत एक घन्टासम्म टुलटुल्ती हेरेर बस्ने काम भन्दा वाहेक केही गरेन । रातिको समयमा प्रहरीले तत्काल आगलागी नियन्त्रणका लागि पहल गर्नुपर्ने भएपनि त्यसो हुन सकेन र उप महानगरपालिको क्षमता पनि छरप्रष्टै बाहिर आयो । आगलागीको दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आयो ।

आगलागीबाट होटलमा पूर्ण रूपमा क्षति पुगेको छ । देशकै प्रमुख शहर मध्ये एक पोखरा उपमहानगरपालिको विपत व्यवस्थापनको शैली त यस्तो छ भने झन् अन्य ठाउँको के होला ?

तपाईको प्रतिक्रिया