हिल्टन होटललाई मुख्य सडक छेउमा कसले दियो ७० फिट अन्डर ग्राउन्ड खन्न ?

काठमाडौं– काठमाडौ नक्सालको भगवती वहाल मन्दिर र प्रहरी हेडक्याटरवीचको मुख्य सडक भासिएको २ दिन भयो । हिल्टन होटलले नियम विपरित स्थानीय बस्ती र सडक नै जोखिममा पारेर ७० फिट अन्डर ग्राउन्ड खनेपछि यो सडक भाँसिएको हो । सडक भाँसिएपछि अहिले यस क्षेत्रबाट सवारी आवत जावत बन्द भएको छ ।

 

सम्बन्धित निकाय काठमाडौं महानगरपालिकाले सडकको अवस्था ख्याल नगरि होटल निर्माणको अनुमति दिदा र निमार्णधीन होटलले नियम विपरित जमिन खन्दा सडक नै भासिएको हो । सडक विभागले पनि महानगरपालिका कै लापरवाहीले सडक अवस्था यस्तो भएको बताउँछ ।

तपाईको प्रतिक्रिया