गौरीवास काठमाडौं समाजको अध्यक्षमा घिमिरे

काठमाडौं–  गौरीवास काठमाडौ समाजको अध्यक्षमा कुष्ण घिमिरे सर्वसम्मत चयन भएका छन् । समाजको शनिवार सम्पन्न वार्षिक साधरणसभाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी १५ जनाको नया कार्यसमितीमा उपाध्यक्षमा मन्द्रिरा वस्नेत, कोषाध्यक्ष अञ्जना खडका, सचिवमा गणेश अधिकारी, सदस्यहरुमा किरण शाही, कोमलप्रसाद दुलाल, मदनकुमार भुजेल, कुष्णप्रसाद घिमिरे, रमेश कार्की, पुर्णबहादुर कार्की, विन्द बहादुर वलमपाखी मगर, राकेश कार्की चयन भएका छन् । वाकी सदस्य पछि चयन गरिने समेत बैठकले निर्णय गरेको छ ।

समाजले आगामी माघ महिनामा वुहत रक्तदान कार्यक्रम गर्ने समेत जनाएको छ । समाजमा हाल गौरीवास नगरपालीका र तात्कालिन गौरिवास गाविसमा घर भई हाल काठमाडौमा वसोवास गर्ने सदस्य रहने व्यवस्था छ । समाजले गौरीवास नगरपालिका र त्यस आसपासका क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक कृयाकलापमा सहभागी हुदै आएको छ ।

Published On:  2022पटक हेरिएको

तपाईको प्रतिक्रिया