जनतालाई मर्का नपारी काम गर्न गभर्नर नेपालको निर्देशन

धनकुटा–नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले जनतालाई शोषण नगरी सेवामुखी भावले काम गर्न वैंक तथा बित्तीय सस्थाहरुलाई निर्देशन दिनुभएको छ । धनकुटामा शुक्रबार भएको कार्यक्रममा गभर्नर नेपालले सर्वसाधरणलाई सरल रुपमा बित्तीय सेवा प्रदान गर्न बैंक तथा बित्तीय सस्थाहरुलाई आग्रह गर्नुभयो । जनतालाई सरल रुपमा बित्तीय सेवा प्रदान गर्न बैंक तथा बित्तीय सस्थालाई अनुमति दिएको भन्दै उहााले सोही अनरुप काम गर्न सुझाव दिनुभयो ।

गभर्नर नेपालले बैंकबाट लिएको ऋण मिनाहा गर्न राजनीतिक दवाव आउाने गरेको खुलासासमेत गर्नुभयो । आफ्नो पार्टीमा प्रवेश गर्दा ऋण मिनाहा गराईदिने आश्वासन दिएर ऋणीलाई पार्टी परिवर्तन गराईनु गलत भएको भन्दै उहााले गलत परिपार्टीको अन्त्य गर्दै आर्थिक बिकासका लागि उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

Published On:  534पटक हेरिएको

तपाईको प्रतिक्रिया