अमेरिकामै कारखाना खोल्न ट्रम्पले गरे ताकेता

एजेन्सी– अमेरीकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले मोटर निर्माता कम्पनी टोयोटालाइ मेक्सिकोमा नभइ अमेरीकामै कारखाना खोल्न निर्देशन दिएका छन् । ट्रम्पले आफ्नो टिवट्र मार्फत एक ट्विट गदैृ टोयोटाले अमेरीकामा कार निर्यात गर्न मेक्सिकोमा खोल्न लागेको कारखाना अमेरीकामै खोल्न वा भारी भन्सार तिर्न चूनौती दिएका हुन् । ‘टोयोटाले अमेरीकीहरुका लागि बाजा मेक्सिकोमा कोरोला कार उत्पादन गर्न कारखाना खोल्न लागेको बताएको छ ।

यो हुनै सक्दैन । अमेरीकामै कारखाना निर्माण गर वा भारी भन्सार तिर ।’ ट्रम्पको ट्विटमा जनाइएको छ । ट्रम्पले यसअघि पनि मोटर निर्माता कम्पनीहरु जनरल मोटर्स र फोर्डलाइ मेक्सिकोमा खोल्ने भनिएका कारखाना अमेरीकामै खोल्न वा भारी भन्सार तिर्न चुनौती दिएका थिए ।

तपाईको प्रतिक्रिया