यथास्थितिमा संविधान शंसोधन भए राप्रपा संघर्षमा जाने

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढाए राप्रपा संघर्षमा उत्रिने चेतावनी दिनुभएको छ । अध्यक्ष कमल थापाले सरकारले यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढाए स्विकार गर्न नसकिने स्पष्ट पार्नु भएको हो । शुक्रबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा संचारकर्मीसाग कुरा गर्दै उहााले दलहरुबीच नयाा समझदारी नभई संविधान संशोधन प्रस्ताव अघि बढाए मुलुककै लागि प्रत्युत्पादक हुने चेतावनी समेत दिनु भयो ।

आईताबार बस्ने संसद बैठकमा प्रस्ताव अघि बढाउने गरी सत्तारुढ कााग्रेस, माओवादी केन्द्र तथा मधेशी मोर्चाबीच सहमति भएकै भोलिपल्ट सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसो गरे प्रतिरोधमा उत्रने चेतावनी समेत दिएको छ । अध्यक्ष थापाले स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन नबुझेकोमा आपत्ति पनि जनाउनु भयो ।

Published On:  430पटक हेरिएको

तपाईको प्रतिक्रिया