काठमाडौं–पछिल्लो समय प्रमुख ठूला दलहरू संविधान संसोधनका विषयमा आ–आफ्नै अडानमा छन् । असन्तुष्ट मधेशवादी दलको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको प्रस्ताव पारित गराउनु पर्ने पक्षमा सत्ताधारी दलहरू देखिन्छन् भने प्रमुख प्रतिपक्षी एमाले सहितका केही साना दलहरू संविधान संसोधन प्रस्तावको विपक्षमा देखिन्छन् । सत्ताधारी दलहरू असन्तुष्ट मधेशवादी दलसँग मिलेर संविधान शंसोधनको प्रस्तावमा मत जुटाउनतर्फ लागि रहेका छन् भने प्रस्तावको विरोधमा रहेका एमाले सहितका दलहरू भने संविधान संसोधनको पक्षमा २ तिहाइ मत पुगन नदिने वातावरण सृजा गर्न लागि रहेका छन् ।
सरकारले संसदमा संविधान शंसोधन प्रस्ताव दर्ता गराएपछि शुरूमा शंसोधन प्रस्तावमा असन्तुष्ट देखिएका मेधशवादी दलहरू अहिले अहिले भने प्रस्तावलाई टेबल गरेर जान सत्ताधारी दल सहमत देखिएका छन् । संविधानमा असन्तुष्ट रहँदै आएका मधेशवादी दलहरू पनि पछिल्लो समय संसोधन प्रस्तावमा सकरात्मक देखिएपछि अब सत्ताधारी दललाई अधिकांश मधेशी दलको साथ छ । गत मंसिर १४ गतेदेखि निरन्तर अवरूद्ध हुँदै आएको संसद अब सुचारूको भएको खण्डमा सरकारले संसोधन प्रस्ताव संसदमा प्रस्तुत गर्ने छ ।
त्यस्तै, संविधान संविधान शंसोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नेकपा माले, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदूर किसान पार्टी लगातका नौ साना दलको समर्थन रहेको छ । संसदको चौथौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सबै दलहरूवीच समझदारी कायम गरेर मात्र संसोधन प्रस्ताव अघि बढाउनु पर्ने बताउँदै आएको छ । राप्रपाले यथास्थितिमा संविधान शंसोधन प्रस्ताव अगाडि बढाए त्यसको प्रतिकारमा उत्रिने चेतावनी समेत दिएको छ । शंसोधन फिर्ताको माग गर्दै निरन्तर संसद अवरूद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालले अब संसद अवरूद्ध नगर्ने जनाउ दिएपनि संविधान शंसोधन विषय कसरी अगाडि बढ्छ भन्ने टुङ्गो छैन ।