पत्रकारिताको गुणस्तरीयताका लागि छात्रवृत्तिको सुरूवात

टीका श्रेष्ठ/काठमाडौं– आम सञ्चार माध्यम र पत्रकारहरूको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले सञ्चार माध्यम र पत्रकारहरूको गुणस्तर वृद्धि गर्नका लागि विभिन्न विषयमा सोध पत्रतयार गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेर नयाँ कामको सुरुवात गरेको छ ।
प्रेस काउन्सिल नेपालद्वारा आयोजना गरेको छात्रवृत्ति हस्तान्तरण कार्यक्रमा सोध पत्रतयार गर्ने ४ जना विद्यार्थी हरूलाई काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीले जनही रु २५ हजारका दरले छात्रवृत्ति हस्तन्तरण गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्षकार्कीले नेपालको पत्रकारितालाई गुणस्तरीय बनाउनका लागि पत्रकारितामा विशेषज्ञता हासिल गरेका पत्रकारहरूको सङ्ख्या वृद्धि गर्न छात्रवृत्ति प्रदान गर्न सुरु गरिएको जानकारी गराउनु भएको थियो । अध्यक्षकार्कीले समाचारलाई सत्यतामा पुर्‍याउनका लागि पत्रकारहरूले अनिवार्य रुपमा अनुसन्धान गर्नुपर्ने विषयमा जोड दिदै अनुसन्धानमुखी पत्रकारिताका लागि काउन्सिल प्रतिवद्ध भएर लागि पर्ने धारणाव्यक्तगर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया