काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले सोधेको स्पष्टीकरणको जवाफ लिखित रूपमा दिनुभएको छ । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पुस १४ गते सरकारले कार्य शैलीमाथि प्रश्न उठाउादै सात दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेको थियो । स्पष्टिकरणको जवाफ ज्ञवालीले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको हो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले १२ पृष्ठ लामो आफ्नो स्पष्टिकरण प्रधानमन्त्री कार्यालयका सचिव दिनेशकुमार थपलियालाई बुझाउनु भएको छ ।
पत्र बुझाई बाहिरिने क्रममा संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिंदै उहाले सरकारले मागे अनुसारको स्पष्टिकरण तोकिएको समय भित्रै दिएको बताउनु भयो । ज्ञवालीले दिनु भएको स्पष्टिकरणमा सरकारले असहयोग गरेका कारण आफूले समयमा काम गर्न नसकेको उल्लेख गरिएको छ । जनशक्ति माग भएकोमा सामान्य प्रशासन मन्त्रालयले सहयोग नगरेको र बजेट समयमै उपलब्ध गराउन अर्थ मन्त्रालय तयार नहुादा काममा ढिलाई हुन गएको स्पष्टिकरण पत्रमा उल्लेख गरिएको छ ।