फिलिपिन्समा १ सय ५० भन्दा बढि कैदी भगाइयो

एजेन्सी । फिलिपिन्सको दक्षिणमा रहेको एक जेलमा मुसलमान विद्रोहीले आक्रमण गरी जेलमा रहेका १ सय ५० भन्दा बढी बन्दी भगाएका छन् । दक्षिण फिलिपिन्सको किडापवान शहरको उत्तरी कोटाबाटो जेलमा मुसलमान विद्रोहीले सुरक्षा गार्डमाथी गोली प्रहार गरी १ सय ५८ बन्दी भगाएको जनाइएको छ । जेलका वार्डेनले बताएअनुसार विद्रोहीले बुधबार सबेरै जेलमा आक्रमण गरेका थिए । आक्रमणका क्रममा एकजना गार्डको ज्यान गएको थियो ।

१ हजार ५ सय ११ जना कैदिबन्दी रहेको उक्त जेलबाट भागेका १ सय ५८ बन्दीमध्ये ४ जनालाइ प्रहरीले पुन: पक्राउ गरेको जनाइएको छ । प्रहरीले भागेका बन्दीलाइ पक्राउ गर्ने प्रयास जारी राखेको छ ।

तपाईको प्रतिक्रिया