गलत काम हुन नदिन कांग्रेस अघि सर्नु पर्छ : एमाले नेता नेपाल

काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कााग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई गलत कदम चाल्नबाट रोक्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले काठमाडौमा आज गरेको अन्तर–संवाद कार्यक्रममा नेता नेपालले देउवा पाको नेता भएकले सरकारलाई सच्याउादै लैजान सुझाव दिनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई टुक्र्याउने हर्कत गर्दा पनि कााग्रेस हेरेर बस्न नहुने उहााको भनाई थियो । नेता नेपालले संविधान संशोधन प्रस्ताव फिर्ता लिंदा सरकारको पनि हित हुने दावी गर्नु भयो ।

उहाले संविधान संशोधन प्रस्ताव असफल हुने स्वत: स्पष्ट भईसकेको उल्लेख गर्दै फिर्ता वा थााती राखेर अघि बढे सरकारको पनि हित हुने टिप्पणी गर्नु भयो । नेता नेपालले मुलुकलाई निकास दिन संविधान संशोधन प्रस्ताव फिर्ता लिएर अघि बढ्नु सर्वोत्तम विकल्प रहेको तर्क पनि गर्नु भयो । नेता नेपालले मुलुकलाई टुक्र्याउने प्रयास सफल हुन नदिने जिकीर समेत गर्नु भयो । उहााले प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेशी मोर्चाप्रति संकेत गर्दै मुलुक टुक्र्याउने प्रयासलाई नेपाली जनताले सफल हुन नदिने बताउनु भयो । नेता नेपालले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई गम्भिर दुर्घटनाबाट जोगाएको प्रतिक्रिया पनि दिनु भयो ।

तपाईको प्रतिक्रिया