अबको एक बर्ष भित्र देशैभर लोडसेडिङ हट्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले अव्यवस्थित विद्युत वितरणलाई व्यवस्थित गरेपछि गत कार्तिक मसान्तदेखि काठमाडौं उपत्यका लोडसेडिङ भएको छैन । प्राधिकरणले अव्यवस्थित व्यवस्थित गर्ने मात्र होइन, वितरण प्रणालीमा नै सुधार गरेपछि देशको मुख्य शहर काठमाडौं उपत्यका लोडसेडिङ मुक्त भएको हो । विगत बर्षमा वितरणमा भइरहेको अनिमिताको कारणले लगभग अहिलेकै क्षमतामा पनि देशैभर दैनिक १६ देखि १८ घण्टासम्म हुने गर्दथ्यो । तर बर्षको पछिल्लो तीन महिनायता काठमाडौं उपत्यका बाहिर पनि दैनिक चार घण्टा भन्दा बढि समय लोडसेडिङ भएको छैन ।

विद्युत प्राधिकरणले अब काठमाडौं उपत्यकामा मात्र नभई देशमा प्रमुख र औधिगिक शहरमा पनि लोडसेडिङ नगर्ने तयारी थालेको छ । अझ प्राधिकरणकै भनाइलाई आधार मान्ने हो अब क्रमिक रूपले देशैभर लोडसेडिङ कम हुँदै एक दुई बर्ष भित्र देशैभर लोडसेडिङ समस्या हट्ने छ । प्राधिकरणले स्वदेशी उत्पादन क्षमतामा बृद्धि, भारतबाट खरिद र चुवाहट नियन्त्रण गरी देशैभर लोडसेडिङ हटाउने तयारी थालेको हो ।

१२ प्रतिशत विद्युत प्राविधिक कारण र बाँकी अन्य कारणले चोरी भइरहेको छ । नेपालमा अहिले सरकारी स्तरबाट ३ सय ८९, निजी क्षेत्रबाट २ सय २ र भारतबाट ल्याइएको २ सय १५ मेघावाट विद्य्ुत वितरण गरिदै आएको छ भने पछिल्लो केही सानाु जलविद्युत आयोजना पनि थपिएका छन् । पछिल्लो समय प्राधिकरण राजनीतिक स्वार्थ र कुनै समूहको दबाब वा चेपुवामा पनि नरहेकाले काम गर्न पनि सजिलो भइरहेको प्राधिकरणका अधिकारी बताउँछन् । वितरण प्रणालीमा सुधार गरेको विद्युत प्राधिकरणले अहिले विद्युत चुहावट नियन्त्रणमा समेत विशेष ध्यान दिएको भएको छ । प्राधिकरणका अनुसार हाल कुल उत्पादनको २६ प्रतिशत विद्युत चुहावट हुँदै आएको छ ।

Published On:  749पटक हेरिएको

तपाईको प्रतिक्रिया