संविधान कार्यान्वयनमा लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन गर्ने अभियानलाई सफल बनाउन सम्बन्धित सबै पक्ष लाग्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयन अभियानलाई सफल बनाउन शैक्षिक क्षेत्रको योगदान महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गर्नु भयो । त्रिभुवन विश्व विद्यालयको साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २१औं शताब्दीको चुनौतिलाई सामना गर्ने गरी विश्वविद्यालयले आफना पाठयक्रमहरु परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।

विश्वविद्यालयका कुलपति समेत रहनुभएका उहाँले शिक्षालाई समय अनुकूल परिमार्जन गर्दैै लैजान नसकिए विश्वविद्यालयले आफनो चुनौति सामना गर्न नसक्ने पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री दाहालले शिक्षालाई प्रविधियुक्त बनाउन पनि ढिलाई गर्न नहुनेमा जोड दिनु भयो ।

साधारण सभामा बोल्दै प्राज्ञहरुले त्रिभुवन विश्वविद्यालयमा गुणस्तरीय शिक्षण तथा प्रशिक्षणमा जोड दिइएको बताएका छन । विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरुको गुणस्तरका निम्ति उत्कृष्ट भनिएको सेमेष्टर प्रणालीलाई अवलम्बन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया