काठमाडौं–काठमाडौं उपत्यकापछि अब पोखरा उप–महानगरपालिकामा पनि लोडसेडिङ नहुने भएको छ । देशको दोस्रो ठूलो र पर्यटकीय नगरी पोखरामा पनि लोडसेडिङ हटाउने तयारी नेपाल विद्युत प्राधिकरणले गरेको हो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनदेखि पोखरामा पनि लोडसेडिङ नभएको जानकारी दिदै अब विद्युत प्राधिकरणले छिट्टै पोखरालाई पनि लोडसेडिङ मुक्त शहर बनाउने घोषणा गर्नुभएको हो ।
लोडसेडिङको तालिका नल्याउने बाचा गरेका घिसिङको सफल प्रयास पछि गएको कार्तिक यता काठमाडौं उपत्यकामा लोडसेडिङ भएको छैन । काठमाडौं उपत्यका, पोखरासहित अब समग्र देशलाई लोडसेडिङ मुक्त बनाउने विद्युत प्राधिकरणको अभियान छ ।