शंसोधन प्रस्ताव फिर्ता नभए सरकार ढल्छ : नारायणमान विजुक्छे

भक्तपुरं–नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिए सरकार ढल्ने दाबी गर्नुभएको छ । भक्तपुरमा सोमबार भएको कार्यक्रममा अध्यक्ष बिजुक्छेले संविधान संशोधन प्रस्ताव फिर्ता नलिने हो भने माओवादी नेतृत्वको सरकार ढाल्न कााग्रेस आफैं अग्रसर हुने जिकिर गर्नुभयो ।

अध्यक्ष बिजुक्छेले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनको मिति घोषणा नगरे माओवादीले सरकारको नेतृत्व गुमाउने दाबि गर्नुभएको हो । उहाँले मधेशी मोर्चा निर्वाचनको पक्षमा नभए पनि सरकारले चरणबद्ध रुपमा निर्वाचन गराउन सक्ने तर्क गर्नुभयो ।

अध्यक्ष बिजुक्छेले भारतीय चाहना अनुसार अघि बढ्ने नेपाली नेताहरुको प्रवृत्तिका कारण नेपालको सार्वभौमसत्ता माथि बेला बेलामा हस्तक्षेप हुने गरेको पनि दावी पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया