फाल्गुनन्द गोल्डकप फुटवलको शनिबारको खेलमा सोनाम स्मृति क्लव ताप्लेजुङ विजयी

काठमाडौं–आठौ टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङ विजयी भएको छ । साइनो स्पोर्टिङ क्लव मोरङलाई १–० गोल अन्तरले हरााउदै उक्त क्लव दोस्रो चरणमा प्रवेश गरेको हो । ताप्लेजुङका तर्फवाट दोस्रो हाफ पछिको १६ औं मिनेटमा खमिर गिलसन लिम्वूले गोल गरेका थिए ।

नेपालका १६ औं राष्ट्रिय विभुती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजना हुने खेलमा नेपाल,भुटान र भारतका गरी १० वटा टिमले भाग लिएका छन । प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार र दोस्रो हुने टिमले एक लाख ५० हजार नगद पुरस्कार पाउनेछन् ।

तपाईको प्रतिक्रिया