इराकको बगदादमा भएको बम विष्फोटनमा २५ जनाको मृत्यु 

एजेन्सी– इराकको राजधानी बगदादमा भएको बम विष्फोटनमा २५ जनाको ज्यान गएको छ ।बगदादको व्यस्त बजारमा भएका श्रृङ्खलाबद्ध बम विष्फोटमा परी अन्य ५० बढी घाइते भएका छन् । मध्य बगदादको सिनक क्षेत्रको व्यस्त बजारमा भएको विष्फाटमा गम्भिर घाइतेको सङ्ख्या धेरै रहेकोले ज्यान गुमाउनेको सङ्ख्या बढन सक्ने जनाइएको छ ।

विष्फनेटको जिम्मा हालसम्म कसैले नलिएपनि इस्लामिक स्टेटले विष्फोट गराएको आशंका गरिएको छ । इस्लामिक स्टेटबाट उत्तरी शहर मोसुललाइ मुक्त गर्ने अभियान जारी रहेका बेला बगदादमा विष्फोट भएको हो ।

Published On:  707पटक हेरिएको

तपाईको प्रतिक्रिया