अन्नपूर्ण सामुदायिक विकास मञ्चको अध्यक्षमा सूर्यप्रसाद तिमिल्सिना निर्वाचित, नयाँ कार्य समिति पनि चयन

कास्की । अन्नपूर्ण सामुदायिक विकास मञ्चको अध्यक्षमा सूर्यप्रसाद तिमिल्सना निर्वाचित हुनुभएको छ । शनिबार भएको मञ्चको १४ औं अधिवेशनबाट सूर्यप्रसाद तिमिल्सिना अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । त्यस्तै मञ्चको उपाध्यक्षमा दिपेन्द्र तिमिल्सिना, सचिवमा महेश तिमिल्सिना, सहसचिवमा सृजना तिमिल्सिना, कोषाध्यक्षमा नवराज तिमिल्सिना निर्वाचित हुनुभएको छ । सराङ्कोटकै प्रतिष्ठित यस संस्थाको सल्हाकार समित भन्ने नयाँ कार्य समितिबाट चयन हुनेछ ।

अन्नपूर्ण सामुदायिक विकास मञ्चले सराङ्कोट क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकूद लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । अन्नपूर्ण सामुदायिक विकास मञ्च पोखरा उपमहानगर पालिकाको एक पुरानो सामाजिक संस्था पनि हो ।

Published On:  1238पटक हेरिएको

तपाईको प्रतिक्रिया