पाँचथरमा १० रूपैयाँ संकलन बाट करोडको अक्षय कोष बनाउने उदेश्य

पाँचथर –आगलागी,वाढि पहिरो र भुकम्प जस्ता दैविक विपत्तीमा परेका पीडितलाई तत्काल राहत उपलव्ध गराउने उदेश्यले पाँचथरको फिदिममा दश रुपैंया संकलन गरेर अक्षय कोष स्थापना गर्ने अभियान शुरु भएको छ । जन सेवा समाज नामक एक सस्थाले अभियान सुरुवात गरेको हो ।

आगलागी,वाढि पहिरो लगायतका विपदवाट जोखिममा रहेको यस जिल्लामा हुनसक्ने घट्ना र दुर्घट्नामा पीडित भएका परिवारलाई तत्काल राहत उपलव्ध गराउन कोष स्थापना गर्न यो अभियान सञ्चालन गरिएको जनसेवा समाजले जनाएको छ । पहिलो एक वर्षमा अभियान मार्फत दश लाख संकलन गर्ने लक्षका साथ शुरु गरिएको अभियानमा दिर्घ कालसम्ममा करोडको अक्षयकोष स्थापना गर्ने उदेश्य रहेको छ ।

तपाईको प्रतिक्रिया