प्रमुख दल मिल्नुको विकल्प नै छैन : नेता खनाल

काठमाडौं–प्रमुख प्रतिपक्षी एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको बताउनु भएको छ । संविधान घोषणा गर्ने दलीय शक्ति एकताबद्ध भएमात्रै संविधान कार्यान्वयन प्रक्रिया सहज हुने पनि वरिष्ठ नेता खनालले स्पष्ट पार्नु भयो ।

उहाँले संविधानको बचाऊ गर्दै कार्यान्वयनमा लैजान प्रमुख दलहरु एकतावद्ध हुनैपर्ने उल्लेख गर्नु भयो । नेता खनालले संविधान निर्माणमा हात मिलाएका दलहरुले नै संविधान कार्यान्वयनका लागि साहस देखाउनुपर्ने बेला आएको पनि टिप्पणी गर्नु भयो ।

Published On:  357पटक हेरिएको

तपाईको प्रतिक्रिया