संविधान शंसोधन प्रस्ताव पारित भएरै छाड्छ : सभापति देउवा

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संशोधन प्रस्ताव पारित भएरै छाड्ने दाबी गर्नुभएको छ । ४१ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बागलुङमा शनिबार भएको कार्यक्रममा सभापति देउवाले सरकारले ल्याएको संशोधन प्रस्ताव पारित हुने बताउनुभएको हो । नेकपा एमाले सहितका अन्य दलहरुले संशोधन प्रस्तावलाई लिएर बखेडा झिक्नु संविधान विरोधी ,राष्ट्रियता विरोधी भएको उहांले तर्क गर्नुभयो । एमालेले संसद खोलेर प्रजातन्त्रिक प्रक्रियाबाट प्रस्ताव राख्न दिनुपर्ने उहांले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले दुई चार दिन भन्दै महिनौ सम्म संसदीय व्यवस्था मान्दैनौ भनेर संसद रोक्न कसैलाई छुट नहुने बताउनुभयो । संविधान कार्यान्वयनको लागि चुनाव तीन ओटै तहको चुनाव हुनैपर्ने देउवाले बताउनुभयो । नेपालको प्रजातन्त्र सुदृढिकरणका लागि राष्ट्रिय एकता हुनुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया