सत्ताधारी दलसँग मोर्चा सहमत, अब के गर्छ एमााले ?

काठमाडौं–यथास्थितिमा संविधान संशोधन प्रस्ताव स्वीकार नगर्ने अडान लिदै आएको मधेशी मोर्चा आफ्नो अडानबाट लचिलो हुँदै अब सत्ताधारी दलसँग संविधान शंसोधन र निर्वाचन कानूनका विषयमासँगै अघि सहमत भएको छ । पछिल्लो समय सत्ताधारी दलसँग निरन्तर दलसँग निरन्तर भइरहेको छलफल पछि असन्तुष्ट मधेशी दलको मोर्चा संविधाान संसोधन र निर्वाचन कानूनका विषयमा एकसाथ अघि बढ्न सहमत भएको हो । मोर्चाले शुक्रबार प्रमुख दल नेपाली कांग्रेस र शनिबार सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रसँग छलफल गरेको थियो ।

मधेशी मोर्चाका नेताहरूले संविधान संशोधन प्रस्तावलाई टेबुल गरेर प्रक्रियामा लैजाने र संविधान संशोधनपछि मोर्चाले तीनै तहको चुनावमा भाग लिने बताएका छन् । सत्ताधारी दलले पनि संविधान संशोधन प्रस्तावलाई अगाडी बढाउने, स्थानीय तहको चुनावको मोडालिटी तयार पार्ने र चुनावको मिति घोषणा गर्ने सहमति भएको जानकारी दाबि गरिरहेका छन् ।

दल एमालेलाई पनि सहमतिमा ल्याउन प्रयास जारी राख्ने बताएका छन् । सत्ताधारी दल र मोर्चावीच संविधान संसोधनका विषयमा यसअघि छलफल भएपनि ठोस सहमति भने जुट्न सकेको थिएन । मोर्चा सत्ताधारी दलसँग सहमत भएपछि अब एमालले के गर्छ त्यो हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया