रूस विरूद कडा कदम चाल्दै अमेरिकी राष्ट्रपति बाराक ओबामा

 

Official portrait of President-elect Barack Obama on Jan. 13, 2009.
(Photo by Pete Souza)

एजेन्सी–अमेरिकी राष्ट्रपति बाराक ओबामाले रूस विरूद्ध नयाँ नीति लिने भएका छन् । राष्ट्रपतीय चुनावलनइ प्रभावित गरेको भन्दै अमेरीकी राष्ट्रपति ओबामाले रुसविरुद्ध नयाँ कदमको घोषणा गरेका छन् । गत नोभेम्बरमा भएको अमेरीकी राष्ट्रपतीय चुनाव ह्याक गरेर रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई विजयी बनाएको भन्दै ओबामाले रुसमाथी नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् । घोषणा अनुसार रुसका दुइ जासुसी निकाय एफ.एस.बी. तथा जी.आर.यु.लाइ नाकाबन्दी लगाएको घोषणा गरेका हुन् । त्यस्तै अमेबामाले अमेरीकामा काम गर्ने ३५ रुसी कुटनीतिक अधिकारीलाइ तत्काल अमेरीकाबाट निस्कन निर्देशन दिएका छन् । न्युयोर्क तथा मेरील्याण्डमा रहेका दुइ रुसी कुटनीतिक कार्यालय बन्द गर्न निर्देशन दिएका छन् ।

रुसले ओबामाको घोषणा निन्दा गर्दै यस कदमले रुस तथा अमेरीकासँगको सम्बन्धमा नराम्रो असर पर्नसक्ने चेतावनी दिएको छ । त्यसअघि अमेरीकी जासुसी संगठन सिआइए तथा राष्ट्रपति बाराक ओबामाले रुसले अमेरीकी राष्ट्रपतीय चुनावलाइ प्रभावित गरेको आरोप लगाएका थिए ।

तपाईको प्रतिक्रिया