काठमाडौं–भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले विभिन्न बहाना बनाएर सडक निर्माण तथा मर्मत सम्भारमा ढिलाई नगर्न सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ । काठमाडौमा शुक्रबार भएको सडक बोर्ड नेपालको १४ औं स्थापना दिवसमा मन्त्री लेखकले विभिन्न बहानामा सडक निर्माण तथा मर्मत सम्भारमा ढिलाई भईरहेकोले नगर्न चेतावनी दिनुभएको हो । उहाँले समयमै निर्माणका काम सम्पन्न गर्ने कम्पनिलाई पुरस्कृत र ढिलाई गर्ने कम्पनिलाई दण्डको व्यवस्था गर्ने गरी मन्त्रालयले छिट्टै कार्ययोजना ल्याउन लागेको जानकारी दिनुभयो ।
मन्त्री लेखकले विकास निर्माणका लागि बजेटको अभाव हुन दिने भन्दै विकास निर्माणका कामहरुलाई तदारुकता र सक्रियताका साथ अगाडी बढाउन निर्देशन दिनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले मुलुकको विकासको लागि सडक विस्तार महत्वपूर्ण हुने भन्दै गुणस्तरिय सडक निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।