मधेशी मोर्चा संविधान शंसोधनका विषयमा सकरात्मक

काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संविधान संशोधन प्रस्तावको पक्षमा उभिएको छ । सत्ता साझेदार काँग्रेससँग शुक्रबार भएको छलफलमा मोर्चा संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्न सहमत देखिएको हो । यथास्थितिमा संविधान संशोधन प्रस्ताव स्विकार गर्न नसकिने अडानबाट पछि हट्दै मोर्चा संसदमा विधेयक टेबल गराउन तयार भएको हो । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव अघि नबढाई मुलुक अघि बढन नसक्ने भएकाले संशोधन प्रस्तावको पक्षमा उभिन आग्रह गर्नुभएको थियो । जवाफमा मोर्चाका नेताहरुले प्रस्ताव परिमार्जन गर्न सकिने आधार भएकाले त्यसलाई टेवल गराउन लाग्ने प्रतिवद्धता जनाएका थिए ।

संसदमा संविधान संशोधन प्रस्ताव टेबल गराउन कांग्रेससाग सहमति भएको मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो । उहाँले संसदमा टेबल गराए पनि संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न सकिने आधार पर्याप्त रहेको प्रतिक्रिया दिनुभयो । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले संविधान संशोधन प्रस्ताव संसदमा टेबल गराउन मधेशी मोर्चा सहमत भएको जानकारी दिनुभयो । उहाँले निर्वाचनमा जाने गरी संसद सुचारु गराउन विपक्ष एमाले पनि सहमति हुने दाबी समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया