सबैलाई मान्य हुने गरी संविधान कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सबैलाई मान्य हुने गरी संविधान कार्यान्वयन गर्न दिनरात लागि परेको बताउनुभएको छ । सबै जात जाति भाषा भाषीले स्वीकार गर्ने गरी संविधानको स्वीकार्यताको दायरा फराकिलो पार्ने अभियानमा लागेको भन्दै उहाले इतिहासकै अत्यन्तै जटिल अवस्थामा आफुलाई सहयोग गर्न उहाले अपिल गर्नुभएको हो । तमु ल्होछारको अवसरमा आज राजधानीको टँुडिखेलमा भएको विशेष समारोहमा उहाँले चेतना विनाको अधिकारको अर्थ नरहने भएकाले सबैको अधिकार दिएर मात्रै राष्ट्रिय एकता कायम गर्न सकिन्छ भन्नेमा आफु विश्वस्त रहेको भन्दै त्यसको संरक्षण गर्ने ऐक्यवद्धता जनाउनुभयो । विभेद गर्ने, अपमान गर्ने र निषेध गर्ने नियत राख्नेले कुनैपनि वर्गको हितका लागि काम नगर्ने उल्लेख गर्नुभयो ।

आफु मधेसी, आदिवासी, जनजाति, मुस्लिमको अधिकार लड्ने नेताको रुपमा अघि सरेको दाबी गर्दे उहाले जातिय पहिचान सहितको अधिकार प्रत्यायोजन नहुने बेलासम्म संघर्ष जारी राख्ने उल्लेख गर्नुभयो । अघिल्लो सरकारले तमु ल्होछार मनाउन गत बर्ष ६ लाख दिएकोमा आफुले सो रकमको दोब्बर दिने घोषणा समेत प्रधानमन्त्री दाहालले गर्नुभयो ।

तपाईको प्रतिक्रिया