काठमाडौं–सरकारले काम गर्दै नगरेका कारण राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ सुशिल ज्ञवालीलाई ७ दिने स्पष्टिकरण सोधेको छ । सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले सरकार र प्रधानमन्त्रीलाई असहयोग गरेको, सन्तोषजनक काम नगरेको भन्दै ७ दिने स्पष्टिकरण सोधेको हो ।
भूकम्पपछिको पुनर्निर्माणको लागि गठित प्राधिकरणमा ज्ञवालाीलाई गत वर्षको मंसिर १० गते तात्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले सिइओमा नियुत्त गरेको थियो ।