ठूला दलका कारण मुलुक संटकउन्मुख भन्दै गएको थापाको आरोप

भत्तपुर–राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले ठूला दलका नेताका कारण मुलुक खतरामा पर्दै गएको बताउनुभएको छ । थापाले केही नेताहरुको कारणले २०७४ माघ ७ गते भित्र तिन तहको निर्वाचन नहुने र संविधान कार्यान्वयन संकटमा पर्ने संभावना बढ्दै गएको बताउनुभएको छ । आज भक्तपुरमा भएको राप्रपा मध्यमाञ्चल स्त्तरीय बृहत्त आमसभा कार्यक्रममा थापाले संविधान जारी भएको १५ महिना भइसक्दा समेत संविधान कार्यान्वयमा दलहरु गम्भिर भएको भन्दै यसबाट संविधान कार्यान्वयमा चुनौति थपिदै गएको स्पष्ट पार्नुभयो । सिमित दलको सिण्डीकेटले सत्ता सञ्चालन गर्दा केही नेताहरुले देशको ढुकुटी ब्रह्रमलुट गरेका उहांले आरोप लगाउनुभयो ।

अब पनि दलहरु सचेत नहुने हो भने देशमा संवैधानिक खतरा निम्तिन सक्ने थापाले औंल्याउनुभयो । आमसभामा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले अहिले राप्रपाको उदारवादले मात्र देशको राजनीतिक निकास निस्कन सक्ने बताउनुभयो ।

Published On:  368पटक हेरिएको

तपाईको प्रतिक्रिया