काठमाडौं–विगत २० बर्षदेखि काठमाडौंको गुहृेश्वरीमा सञ्चलन हुादै आएको प्रणवानन्द आश्रममा आश्रय लिएर बसेका ५० जना अनाथ बालबालिकाहरूलाई लायन्स क्लब अफ ओखलढुंगाले खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबका प्रेसिडेन्ट श्री हरिप्रसाद दाहालको संयोजकत्वमा पौष ११ गते सम्पन्न भएको थियो ।
‘मानवताको लागि कार्य गरौं’ भन्ने क्लबको अवधारणा अन्तर्गत आश्रममा आश्रय लिएर बसेका अनाथ बालबालिकाहरूलाई खाना खुवाउने कार्यक्रमबाट क्लबले आफ्नो पहिलो औपचारिक कार्यक्रमको सुरुवात गरेको हो । सो कार्यक्रममा लायन्स क्लबका फष्ट भाइस डिस्ट्रिक गभर्नर डि. आर. खनाल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर सुदर्शनधर प्राधानाङ्क, पास्ट डिस्ट्रिक गभर्नर शम्भुप्रसाद घिमिरे, लायन शोभा जोशी, लायन शिवकुमार कटुवाल लगायतका अतिथि महानुभावहरूको उपस्थिति रहेको थियो ।
पास्ट डिस्ट्रिक गभर्नर शम्भुप्रसाद घिमिरे र सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर सुदर्शनधर प्राधानाङ्कले आफ्नो छोराछोरीको जन्मोत्सवको अवसर पारी आश्रममा आश्रित वालवालिकाहरुलाई भोजन गराई जन्मोत्सव मनाउने प्रतिवद्धता सहित लायन्स क्लब अफ ओखलढुंगाललाई प्रगतिको लागि शुभकामना दिनुभएको थियो । उक्त अवसरमा पास्ट डिस्ट्रिक गभर्नर शम्भुप्रसाद घिमिरेले क्लबले विधिवत रुपमा स्थापना हुनुपूर्व नै यसरी सामाजिक कार्यमा उदात्त भई काम सुरु गरेकोप्रति लक्षित गर्दै सो को प्रशंसा समेत गर्नुभएको थियो ।
प्रणवानन्द आश्रममा गरिबिको रेखामुनी पिल्सिएका २ सय ५० जना विद्यार्थीहरू नि: शुल्क रुपमा अग्रेजी माध्यममा पढ्छन् । त्यस मध्येका पनि ५० बालबालिका परिवार विहिन छन् । उनीहरूलाई आश्रमले होस्टलमै राखेर दैनिक भिक्षा मागेको भरमा शिक्षा, स्वास्थ्य, गाास, वास र कपास सहितको सेवाहरू उपलब्ध गराउादै आएको जानकारी आश्रमका अध्यक्ष श्री रुद्रानन्द जी महाराजले गराउनुभएको थियो । प्रणवान्द विद्या मन्दिरका प्रधानाध्यापक तथा आश्रमका सचिव श्री राजाराम यादवले कोही पनि भोको तथा अशिक्षित रहन नपरोस् भन्ने आश्रमको अभियानमा साथ दिएकोमा क्लबलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा क्लबका प्रेसिडेन्ट दाहालले क्लबले गरेको सानो सहयोगबाट अन्य सहयोगीहरूमा पनि सहयोग गर्ने चाहना अझ बढोस् भन्ने अपेक्षा राखेर यस्तो कार्यक्रम आयोजना गरेको धारणा राख्दै बालबालिकाहरूलाई खाना खुवाएर कार्यक्रमको समापन गर्नुभएको थियो ।
उक्त आश्रममा आश्रित बालबालिकाहरूलाई दयालु महानुभावहरूले आफू या आफ्नो बालबच्चाहरूको जन्मदिन, शालगिरा, पित्रीको नाममा, औंशी, मासिक, वनभोज, लुगाफाटा, शैक्षिक सामग्री तथा अन्य सहयोगहरू गर्न सकिने आश्रमका सचिव एवम् प्रधानध्यापक यादवले जानकारी दिनुभयो ।