साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन

काठमाडौं–साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा बिहान निधन भएको छ ।  श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा आज बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उनलाई गाह्रो भएपछि गत सोमबार अस्पताल लगिएको थियो ।

१९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनी ललितपुरको पाटनढोकास्थित निवासमा बस्दै आएका थिए । दीक्षितका सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । साहित्यिक अनुसन्धानमा चाख राख्ने उनका यस्तो पनि, कालो अक्षर, कागतीको सिरप, चार कन्था, शाखा सन्तान लगायतका कृति लोकप्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया