बारामा दुई जना युवाको शव फेला

बारा–बारामा दुई जना युवाको शव फेला परेको छ । धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा अन्दाजी २२/२३ वर्षका दुई युवाको शव जंगलमा फेला परेको बारा प्रहरीले जनाएको छ । राजमार्गदेखि करिब ७ किलोमिटर दक्षिणतर्फ रहेको सहजनाथ मन्दिरबाट लगभग २ किलोमिटर पूर्व तर्फको जंगलमा शव फेला परेको हो ।

खुट्टामा बाँधिएको र घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा फेला परेको शव कसको भन्नेबारे पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया