बर्दियामा हात्ती आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया–बर्दियाको मनाउ गाविसमा ५ मा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मनाउकी ३३ वर्षीय बिमला परियारको मृत्यु भएको हो । हात्ती आक्रमणमा सोही गाविसका राम प्रसाद लामिछाने र मनाउ २ बस्ने दिनेश सिंह ठकुरी घाईते भएका छन् । घाइते दुबैलाई नेपालगंज मेडिकल कलेजमा उपचारको लागि लगिएको छ । जंगली हात्तीले मनाउ गाविसको वडा नं। २, ५, ७ र ८ मा आतंक मच्चाएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

त्यसैगरी हात्तीले मान्छे मात्र नभएर आधा दर्जन गाई गोरु र राागा भैसी समेत मारेको छ भने एक दर्जन भन्दा बढी पशु चौपाय घाईते छन् । हात्ती एकाविहानै गाउा पसेर आतंक मच्चाएपछि स्थानीय त्रसित भएका छन् । हात्ती पुनस् आउन सक्ने भन्दै स्थानीयहरु गाउाको पक्की घरको छतमाथि बसेका छन् ।

Published On:  718पटक हेरिएको

तपाईको प्रतिक्रिया