काठमाडौं–परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले छिमेकी देशहरुसँगको सम्बन्धका विषयमा सरकार संवेदनशिल रहेको दुवै छिमेकीसँग सुमधुर सम्बन्ध बनाउन क्रियाशिल रहेको बताउनुभएको छ । बुधबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलनमा मन्त्री महतले भारत र चीनसँगको सम्बन्धका विषयमा सरकार संवेदनशिल भएको भन्दे दुबै देशसँगको सम्बन्धलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको हो ।
उहाँले नेपाल–चीन सैन्य अभ्यास हुन लागेको, राष्ट्र संघमा भारतीय सेनाको कमाण्डमा नेपाली सेना राख्न प्रस्ताव गरिएको लगाएतका विषय हल्लामात्रै भएको बताउनुभयो ।
कार्यक्रममा मन्त्री महतले चिनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा छलफल गर्न सरकारले चीनिया पक्षलाई आग्रह गरेको भन्दै यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो । उहाँले चिनतर्फको थप नाका खोल्ने विषयमा निरन्तर छलफल भइरहेको समेत जानकारी दिनुभयो ।