स्थानीय तहको निर्वाचन गराउन तीन ठूला दल सहमत

काठमाडौं–प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र स्थानीय तहको निर्वाचन गराउन सहमत भएका छन् । काँग्रेस, एमाले र माओवादी केन्द्र तीन वटै ठूला दल स्थानीय तहको निर्वाचन गराउने सहमतिमा पुगेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा बुधवार भएको बैठकले स्थानीय तहको निर्वाचनमा जाने निर्णय लिएको हो ।

बैठकमा तीनै दलका शीर्ष नेताहरुले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन समेत तयार भईसकेकाले स्थानीय तहकै निर्वाचनमा जान उपयुक्त हुने निष्कर्ष निकालेका हुन । एमाले उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचन गराउन तीनै दल तयार भएको स्पष्ट पार्नु भयो ।

त्यसैगरी बैठकमा कााग्रेस सभापति शेरबहादुर देउवाले संसद अवरोध नगर्न विपक्षी एमालेलाई आग्रह पनि गर्नु भएको थियो । संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि त्यसलाई टुंगोमा पुर्‍याउन दिनुपर्नेमा आफनो पार्टीले जोड दिएको कााग्रेस नेता एवम् उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो  । प्रमुख प्रतिपक्षी एमालेले संविधानले निषेध गरेको विषय पनि संविधान संशोधन प्रस्तावमा रहेको भन्दै त्यसलाई संसदमा प्रवेश गराउन नदिने अडान राख्दै आएको छ ।

तपाईको प्रतिक्रिया