राम्रोसँग काम भएको पुनर्निर्माण प्राधिकरणको दाबि

काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक वर्षको आफ्नो काम उत्साहजनक रुपमा अघि बढेको जनाएको दाबि गरेको छ  । प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण, पुनस्र्थापना र जीविकोपार्जनका कार्यक्रमहरु उत्साहका साथ अघि बढेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । आफनो एक वर्षे कार्यकालमा भएका कामको विवरण पेश गर्दै आयोगले आफना आगामी योजनालाई पनि व्यवस्थित रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको छ । प्राधिकरणले पुनर्निर्माणका क्रममा निजी आवास पुनर्निर्माणलाई विशेष प्राथमिकता दिइएको पनि स्पष्ट पारेको छ ।

पुनर्निर्माण अभियान दोलखाबाट सुरु

यसैगरी भूकम्प प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनीसाग पुनर्निर्माणका लागि रकम पाउन सुचीकृत भएको पनि उल्लेख गरिएको  छ । जसमध्ये पुषको पहिलो हप्तासम्ममा ५ लाख ४३ हजार एक सय ७ घरधनीले संझौंता गरीसकका छन् भने ४ लाख ५८ हजार ५ सय ९२ घरधुरीले रकम लिएर घर निर्माण गर्ने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । भुकम्प प्रभावित जिल्लाहरुमा ४१ हजार ३ सय ११ घर निर्माण भइसकेको र १७ हजार एक सय ४४ घर को पुननिर्माण जारी रहेको प्राधिकरणको भनाई छ । १५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको र ६९ सम्पदाको पुनर्निर्माणको काम जारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्राधिकरणले यसै आर्थिक वर्षभित्र ७४ वटा सम्पदाको पुन र्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । प्राधिकरणले जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि गृहकार्य भइरहेको र चालु आर्थिक वर्षभित्रै २५ वटा नयाा बस्तीको विकास गर्ने योजना रहेको पनि जनाएको छ । निर्माण सामाग्री र कालिगढको अभावका कारण शिलान्यास भएरपनि केही सम्पदाको पुनर्निर्माण अघि बढ्न नसकेको प्राधिकरणले स्विकार गरेको छ । यसैगरी सम्पदा वरिपरी रहेका बस्ती नयाा कार्यविधि अनुसार पुनर्निर्माण गर्दा बिस्थापित हुने खतरा रहेकाले पुराना बस्तीको पुनसंरचना र पुनर्निर्माण गर्न छुट्टै कार्यविधि बनाउने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पुनर्निर्माणका क्रममा निर्माण सामाग्रीको अभाव हुन नदिन सरकारी निकायसाग समन्वय गरेर निर्माण सामाग्री बैंकको स्थापना गर्न वाणिज्य मन्त्रालयसाग समन्वय भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया