कतारमा नेपाली चेलीका शव अलपत्र

पुस । कतारमा रहस्यमय ढङ्गले मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । मृतकका आफन्तले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको विवाद हुनु नै हत्याको प्रमाण भएको बताइरहेका छन् । प्रमाण नष्ट गरेर हत्यारालाई उन्मुक्ति दिने र आफूहरुलाई थप पीडा दिने काम भइरहेको आफनतको गुनासो छ ।

वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको थामीको गत मङ्सिर २४ गते रहस्यमयरुपमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया