रामसुन्दर आचार्य–काभ्रे । काभ्रेका भूकम्पपीडितले गैर सरकारी निकायबाट आवस लागि पाएको आश्वसन केवल आश्वसनमै सिमित भएको छ । २०७२ साल बैशाख १२ गते आएको विनासकारी भूकम्प कारण बस्ने बासको कुनै जगजिलो नरहेका भूकम्प पीडितहरुका लागि सरकारी निकायबाट पनि भएको प्रतिबद्धता अनुसारको काम हुन सकेको छैन् ।
काभ्रे जिल्लामा ६७ हजार ७ सय ११ परिवारको नाम भूकम्प पीडितको लाभग्राही सूचीमा परेका छन् । जसमध्ये ६० हजार परिवारले सरकारी निकायसंग पहिलो किस्ता रकम लिन सम्झौता गरेपनि गाउमा इन्जिनियर नजादा पुनर्निमार्णले गति लिन सकेको छैन् । सरकारी निकाय आफ्नै किसिमको रमितामा छ भने भूकम्प पीडितहरुका लागि बस्ने बास बनाउने भन्दै जिल्ला छिरेका गैरसरकारी संस्थाहरुले भूकम्प पिडितहरुलाई अन्योलमा राखेर फेरी यो वर्ष पनि टहरामा नै चिसो काट्ने निश्चित देखिएको छ ।
काभ्रे जिल्लामा ४ वटा गैर सरकारी संस्थाले २४ सय ४४ परिवारका लागि बस्ने आवास निर्माण गरि दिने प्रतिबद्धता जनाए पनि काम कुरो एकता तिर कुम्लो बोकि रिसोर्ट तिर नै गैरसरकारी संस्थाको गति बढेको देखिन्छ । जिल्लामा कारिदास नेपालले बल्थली, चण्डेनीमा १४ सय ९१ भूकम्प पीडितका आवास बनाउने प्रतिबद्धता जनाएको भएपनि कामले गति लिन सकेको छैन् , त्यस्तै लुथरन वल्डले शान्ति जनआदर्श मार्फत देउपुर मण्डन भेगमा १ सय ६७ वटा आवास निमार्ण गर्ने सम्झौता गरेको छ यो सम्झौता पनि कागजी मात्रै भएको छ ।
ह्याविटाट फर हुम्यानिटी नामक संस्थाले पनि पाँचखाल नगरपालीकामा काम ५ सय ११ वटा नीजि आवास बनाउने सम्झौता गरेको छ तर यसको काम कहाँ पुगेको छ पीडितलाई समेत थाहा छैन् । मेथिनकोट र रयालेमा सम्रटेन्स नामको एक गैर सरकारी संस्थाले ३ सय ५ वटा आवास निर्माण गर्ने सम्झौता गरेको छ । यी गैर सरकारी संस्थाले झन्डै १२ करोड ५० लाख भन्दा बढिको रकम भूकम्प पीडितका नाममा आवास बनाउन भित्राएपनि कुनै काम हुन सकेको छैन ।