धुर्मुस सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख सहयोग

पुस । कतारमा व्यवसाय गरिरहेका प्रकाश कोइरालाले आफ्नो लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीका तर्फबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रूपैयाँ दिएका छन् । तेस्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस–सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख रुपैयाा सहयोग प्राप्त भएको फाउन्डेशनले जानकारी दिएको छ ।

फाउन्डेशनका अनुसार आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस–सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । आफूले सहयोग गर्न चाहेको व्यक्तिले राहत महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफूले सकेको सहयोग गरेको कोइरालाको भनाई रहेको फाउण्डेशनले जनाएको छ ।

Published On:  553पटक हेरिएको

तपाईको प्रतिक्रिया