सुनसरी । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस र माओवादी केन्द्र विदेशीको इशारामा लागेर राष्ट्रिय हित विपरित संशोधनको प्रस्ताव ल्याएको बताउनुभएको छ । सुनसरीको धरान भएको कार्यक्रमा बोल्दै नेता खनालले ९० प्रतिशत सांसदले हस्ताक्षर गरेर जारी गरिएको संविधान १० प्रतिशत मधेसी दलका नेताहरुलाई खुशी पार्नका लागि विदेशी शक्तिहरुको डिजाइनमा संविधान संशोधनको प्रस्ताव दर्ता भएको दावि गनुभयो ।
उहाँले देशलाई खण्डित पार्ने संविधान संसोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने दावि समेत गर्नुभयो । नेता खनाले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रिय एकता खल्बल्याउन खेलमा लागेको आरोप समेत लागउनुभयो ।