सरकारले दरबार हत्याकाण्डको छानबिन गर्छ : प्रचण्ड

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको उच्चस्तरीय आयोग बनाएर छानविन गर्ने तयारीमा रहेको बताउनुभएको छ । प्रेस सेन्टर दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रधानमन्त्रि प्रचण्डले पुर्वराजा ज्ञानेन्द्रले दिएको वक्तब्यलाई लक्षित गर्दै अव सरकारले दरवार हत्याकाण्डको छानविन गर्ने दावि गर्नुभयो । वर्तमान समसामयिक राजनिति घटनाक्रमको समिक्षा गर्नेममा सरकारका एकजना मन्त्रिले दरवार हत्याकाण्डको विषयमा छानविन गर्नुपर्ने भनेर चर्चा गरेको भन्दै उहाँले मन्त्रिपरीषदमा हत्याकाण्डको छानविन गर्नुपर्छ भनेर प्रस्ताव नआएको उल्लेख गर्नुभयो ।
नेकपा माओवादीका केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रले वक्तब्य निकालेर आफ्नो छटपटि प्रष्ट रुपमा देखाएको भन्दै दलहरुको विवादमा खेलेर धमिलो पानिमा माछा मार्न खोजेको जिकिर पनि गर्नुुभयो । ज्ञानेन्द्रले संविधान, गणतन्त्र र संघीयताका विरुद्ध बढि वोल्दै गए ज्ञानेन्द्रले दुख पाउने समेत बताउनुभयो । उहाँले भन्नुभयो, सर्वोच्च अदालतभित्रै अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्किलाई कालोमोसो दल्नु राम्रो कार्य नभएको टिप्पणी समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया