स्याङ्जामा भीरकोट महोत्सव शुरू

स्याङजा–स्याङ्जाको वयरघारी स्थित खेलमैदानमा प्रथम भीरकोट महोत्सव आज देखि शुरु भएको छ । १० दिन सम्म संचालन हुने प्रथम भीरकोट महोत्सवको नेपाली कााग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेर शुरु गर्नुभएको हो ।

प्रथम भीरकोटको आधार, कृषि र पर्यटनको पुर्वाधार भन्ने मुख्य नाराका साथ आयोजना गरिएको प्रथम भीरकोट महोत्सव पुष १८ गते सम्म संचालन हुने छ । महोत्सव उदघाटन हुनु पूर्व स्थानीय युवाक्लव, आमा समुह, विद्यालय, विभिन्न जातजातीको भेषभुषा सहितको झाक्री सहितको र्‍यालीले बजार परिक्रमा गरी महोत्सव स्थालमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया