स्थानीय तहको चुनावको विकल्प छैन : ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जान सबै दल मञ्जुर हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष ओलीले संविधान कार्यान्वयन गरे मात्रै देश र जनताको हित हुने भन्दै अन्यत्रतिर नमोडिन सत्तारुढ कााग्रेस र माओवादी नेतृत्वसाग आग्रह पनि गर्नु भयो ।

काग्रेस संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्तिको अवसरमा ललितपुुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहााले जनता र राष्ट्रको हितमा आफू र आफनो पार्टी प्रतिवद्ध रहेको पनि दोहोर्‍याउनु भयो । अध्यक्ष ओलीले सत्तारुढ ठूला दलहरु क्षणिक, आवधिक र तात्कालिक लाभको राजनीतिमा अल्झिएकाले मुलुकमा जटिलता थपिएको आरोप समेत लगाउनुभयो ।

तपाईको प्रतिक्रिया