स्थानीय तहको चुनाव केन्द्रीत हुन प्रधानमन्त्रीको आग्रह

 

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा केन्दी्रत हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दाहालले निर्वाचनबाट विचलित भए मुलुक गम्भीर दुर्घटनामा फंस्ने चेतावनी दिदै सबैलाई चुनावमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।

काठमाडौमा आयोजित सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तीनै तहको निर्वाचन एकैचोटी गर्न सकिने संकेत पनि गर्नुभयो ।

 

उहाले हाल देखिएका विवाद र बहसलाई छिटै टुंग्याएर निर्वाचनमा जान सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नू भयो । प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको पनि दोहोर्‍याउनु भयो ।

Published On:  531पटक हेरिएको

तपाईको प्रतिक्रिया