अफ्रिकिया एयरवेजको विमान अपहरण

एजेन्सी । लिबियाको आन्तरिक उडानमा रहेको अफ्रिकिया एयरवेजको विमान अपहरण गरिएको छ । उक्त विमानलाई अपरणपछि लिबिया नजिकैको भूमध्यसागरीय मुलुक माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमान लिबियाको दक्षिणी शहर सेबाहा बाट राजधानी ट्रिपोलीका लागि उडेको थियो ।

विमानमा ८२ पुरुष २८ महिला तथा एक शिशु गरी जम्मा १ सय ११ यात्रु तथा ७ जना चालक दलका सदस्यहरु रहेको माल्टाका प्रधानमन्त्रीले जानकारी दिएका छन् । विमानमा दुइ अपहरणकारी रहेको र उनीहरुका साथमा विष्फोटक पदार्थ रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अपहरीत विमानलाइ माल्टाका सुरक्षाकर्मीले चारैतिरबाट घेरा हालेको बताइएको छ ।

Published On:  735पटक हेरिएको

तपाईको प्रतिक्रिया