सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको फुटबलमा नेपाल पुलिस क्लव र मध्यामञ्चलको विजयी सुरुवात

काठमाडौं–सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटबलमा नेपाल पुलिस क्लव र मध्यामञ्चल विजयी सुरुवात गरेका छन् । विहीबारबाट सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सुरुभएको पहिलो खेलमा पुलिसले पूर्वाञ्चललाई २ का विरुद्ध १ गोल अन्तरले हरायो । यो जितसँगै पुलिसले ३ अंक जोडेको छ । त्यस्तै दोस्रो खेलमा मध्यमाञ्चले पश्चिमाञ्चललाई शुन्यका विरुद्ध ३ गोल अन्तरले पराजित गरेको हो । मध्यमाञ्चलले पनि यो जितसगै ३ अंक जोडेको छ ।

प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा खेल्नेछन् । समूह ‘क’ मा प्रहरी, पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चल तथा समूह ‘ख’ मा एपीएफ, मध्यपश्चिमाञ्चल, साविक विजेता सुदूरपश्चिमाञ्चल र आर्मी रहेका छन् । समूह विजेता र उपविजेता सीधै सेमिफाइनलमा पुग्नेछन् ।

Published On:  543पटक हेरिएको

तपाईको प्रतिक्रिया