नाङ्गढुङ्गा सुरूङमार्ग निर्माणमा लागि जापानले १५ अर्व २९ करोड रुपैयाँ ऋण दिने

काठमाडौं–जापानले नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाका लागि करिव १५ अर्व २९ करोड रुपैयाा ऋण सहायता उपलब्ध गराउने पक्कापक्की भएको छ । अर्थ मन्त्रालयमा विहीबार भएको एक कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले परियोजनाका लागि आवश्यक ऋण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक पनि सहभागी हुनु भएको थियो ।

 

सुरुङमार्गको निर्माण कार्य, पहुाच मार्ग, पुल लगायतका अन्य निर्माण कार्यहरु र परामर्श सेवाका लागि रकमको व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । सझौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव सुवेदीले सुरुङमार्ग निर्माणसागै काठमाडौं उपत्यकामा मालवाहक सवारी साधान आवतजावतमा सहज हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया